एन्जो अनुबन्धको प्रयासमा चेल्सी

काठमाडौं । प्रिमियर लिग क्लब चेल्सीले अर्जेन्टिनी मिडफिल्डर एन्जो फर्नान्डेज अनुबन्धको प्रयास गरिरहेको छ ।
सेन्टर मिडफिल्डर अनुबन्धका लागि चेल्सीले प्रयास गरिरहेको द टेलिग्राफले जनाएको छ ।
चेल्सीले २२ वर्षीय मिडफिल्डरलाई पोर्चुगिज क्लब बेन्फिकाबाट अनुबन्ध गर्ने तयारी गरेको हो ।
चेल्सीले एन्जो अनुबन्धका लागि बेन्फिकासँग कुराकानी अघि बढाएको बताईएको छ ।
एन्जोले समेत बेन्फिका छाड्ने योजना बनाएका छन् । उनले बेन्फिकालाई क्लब छाड्ने बताईसकेको बताईएको छ ।
यता, बेन्फिका भने एन्जोलाई क्लबमै राख्न चाहन्छ ।
एन्जो २०२२ मा रिभर प्लेटबाट बेन्फिका आएका थिए ।
बेन्फिकाका लागि उनले १७ लिग खेलमा १ गोल गरेका छन् ।
एन्जोले अर्जेन्टिनाका लागि १० खेलमा १ गोल गरिसकेका छन् ।
कतार विश्वकपमा एन्जोले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
अर्जेन्टिनाले कतार विश्वकप जित्दा उनले १ गोल गरेका थिए ।
कतार विश्वकपमा एन्जो उत्कृष्ट युवा खेलाडी चुनिएका थिए ।









-1763473683107.jpeg&w=3840&q=75)
-1763457989968.jpeg&w=3840&q=75)


-1763450218248.jpg&w=3840&q=75)