टिटे लेस्टरमा अनुबन्धित
सोमबार, १६ माघ २०७९खेलपाटी संवाददाता

काठमाडौं । प्रिमियर लिग क्लब लेस्टर सिटीले ब्राजिलियन विंगर टिटेलाई अनुबन्ध गरेको छ ।
लेस्टरले टिटेलाई युक्रेनी क्लब शाख्तर डोनेट्स्कबाट लोनमा अनुबन्ध गरेको हो ।
२२ वर्षीय विंगरलाई आगामी जुनसम्मको लागि लेस्टरले लोनमा अनुबन्ध गरेको हो ।
पछिल्लो समय उनी फ्रेन्च क्लब लियोनबाट लोनमा खेलिरहेका थिए ।
लियोनका लागि उनले ३० खेलमा ८ गोल र १० असिस्ट गरेका थिए ।
'म यहाँ हुँदा निकै खुशी छु । मलाई आशा छ धेरै गोल र असिस्ट गर्नेछु,' सम्झौतापछि उनले भनेका छन् ।
यस सिजन लेस्टर सिटी प्रिमियर लिगको १४ औं स्थानमा रहेको छ ।
टिटे लेस्टरमा अनुबन्धित














-1770628505169.jpg&w=3840&q=75)