पीएसजी रोकियो
सोमबार, माघ १६, २०७९खेलपाटी संवाददाता

काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) बराबरीमा रोकिएको छ ।
आइतबार राति भएको खेलमा पीएसजीले रिम्ससँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
घरेलु मैदानमा सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा पीएसजीले अंक बाड्नु परेको हो ।
खेलको ५१ औं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए ।
५९ औं मिनेटमा मार्को भेराट्टीले रातो कार्ड पाएपछि पीएसजी १० खेलाडीमा समेटियो ।
त्यसपछि खेलको इन्जुरी समयमा फोलारिन बालोगुनले गोल गर्दै रिम्सलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।
यस बराबरीसँगै पीएसजीले २० खेलमा ४८ अंक जोडेको छ ।
पीएसजी शीर्ष स्थानमा यथावत रहेको छ ।
रिम्स २६ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।
पीएसजी रोकियो









-1763473683107.jpeg&w=3840&q=75)
-1763457989968.jpeg&w=3840&q=75)


-1763450218248.jpg&w=3840&q=75)