नापोलीलाई १३ अंकको अग्रता
सोमबार, माघ १६, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इटालियन सिरी 'ए' फुटबलमा नापोलीले जित निकालेको छ ।
आइतबार राति भएको खेलमा नापोलीले रोमालाई २-१ गोल अन्तरले हराएको हो ।
नापोलीको जितमा भिक्टर ओसिम्हेन र जियोभानी सिमवनले एक एक गोल गरे ।
रोमाका स्टेफान एल शारव्यले एक गोल फर्काए ।
खेलको १७ औं मिनेटमा भिक्टरले गोल गर्दै नापोलीलाई सुरुआती अग्रता दिलाएका थिए ।
७५ औं मिनेटमा स्टेफानले गोल गर्दै रोमालाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ८६ औं मिनेटमा जियोभानीले गोल गर्दै नापोलीलाई २-१ को जित दिलाए ।
जितसँगै नापोलीले २० खेलमा ५३ अंक जोडेको छ ।
नापोली दोस्रो स्थानको इन्टर मिलान भन्दा १३ अंकले अघि रहेको छ ।
रोमा ३७ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
नापोलीलाई १३ अंकको अग्रता









-1763473683107.jpeg&w=3840&q=75)
-1763457989968.jpeg&w=3840&q=75)


-1763450218248.jpg&w=3840&q=75)