बराबरीमा रोकियो रियल
सोमबार, १६ माघ २०७९खेलपाटी संवाददाता

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड बराबरीमा रोकिएको छ ।
आइतबार राति भएको खेलमा रियलले रियल सोसिडाडसँग गोलरहित बराबरी खेलेको हो ।
घरेलु मैदानमा पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा रियलले अंक बाड्नु परेको हो ।
यस बराबरीसँगै रियलले शीर्ष स्थानको बार्सिलोनासँग अंक दुरी घटाउने मौका समेत गुमाएको छ ।
रियल ४२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
शीर्ष स्थानको बार्सिलोनाको ४७ अंक रहेको छ ।
सोसिडाड ३९ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
बराबरीमा रोकियो रियल














-1770628505169.jpg&w=3840&q=75)