फ्रेन्च डिफेन्डर गस्टो चेल्सीमा
आइतबार, १५ माघ २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले फ्रेन्च डिफेन्डर मालो गस्टोलाई अनुबन्ध गरेको छ ।
चेल्सीले फ्रेन्च क्लब लियोनबाट राइट ब्याक गस्टोलाई अनुबन्ध गरेको हो ।
१९ वर्षीय डिफेन्डरलाई चेल्सीले ३५ मिलियन खर्चिएर अनुबन्ध गरेको हो ।
गस्टोले चेल्सीसँग सन् २०३० सम्मको सम्झौता गरेका छन् ।
गस्टोले २०२१ को जनवरीमा लियोनको सिनियर टोलीमा डेब्यु गरेका थिए ।
यस सिजन उनले लियोनका लागि १५ खेल खेलेका थिए ।
फ्रेन्च डिफेन्डर गस्टो चेल्सीमा







-1775701512962.webp&w=3840&q=75)





