अनन्त राष्ट्रिय महिला टिमको मुख्य प्रशिक्षक नियुक्त
आइतबार, माघ १५, २०७९खेलपाटी संवाददाता

काठमाडौं । अनन्त राज थापा नेपाली राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार अनन्तलाई महिला टिमको मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ।
आगामी भारतविरुद्धको मैत्रीपूर्ण खेलका लागि एन्फाले अनन्तलाई महिला टिम हेर्ने जिम्मेवारी दिएको हो ।
यस्तै गंगा गुरुङ सहायक प्रशिक्षक नियुक्त भएका छन् । सुरज कुमार लामालाई गोलकिपर प्रशिक्षक नियुक्त गरिएको एन्फाले जनाएको छ ।
टिम म्यानेजरमा वृन्दा देवान नियुक्त भएकी छिन् ।
नेपाली महिला टोलीले भारतसँग उसैको मैदानमा खेल्नेछ । मैत्रीपूर्ण खेल फेब्रुअरी १३ देखि २५ को बिचमा हुनेछ ।
अनन्त राष्ट्रिय महिला टिमको मुख्य प्रशिक्षक नियुक्त









-1763473683107.jpeg&w=3840&q=75)
-1763457989968.jpeg&w=3840&q=75)


-1763450218248.jpg&w=3840&q=75)