गोर्डोन न्युकासलमा अनुबन्धित
आइतबार, माघ १५, २०७९खेलपाटी संवाददाता

काठमाडौं । प्रिमियर लिग क्लब न्युकासल युनाईटेडले युवा विंगर एन्थोनी गोर्डोनलाई अनुबन्ध गरेको छ ।
न्युकासलले आइतबार विंगर गोर्डोनलाई अनुबन्ध गरिएको जनाएको छ ।
न्युकासलले एभर्टनका विंगरलाई ४५ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो ।
गोर्डोन अनुबन्धका लागि यस अघि चेल्सीले प्रस्ताव गरेको थियो । तर, एभर्टनले प्रस्ताव अस्विकार गरेको थियो ।
इंग्ल्यान्डका यू-२१ टोलीका सदस्य गोर्डोनले २०२० को जनवरीमा एभर्टनका लागि डेब्यु गरेका थिए ।
यस सिजन गोर्डोनले एभर्टनका लागि १६ प्रिमियर लिग खेलमा ३ गोल गरेका छन् ।
गोर्डोन न्युकासलमा अनुबन्धित









-1763473683107.jpeg&w=3840&q=75)
-1763457989968.jpeg&w=3840&q=75)


-1763450218248.jpg&w=3840&q=75)