टोटेनहम पाँचौं चरणमा
आइतबार, माघ १५, २०७९खेलपाटी संवाददाता

काठमाडौं । टोटेनहम एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ ।
शनिबार राति प्रिस्टनलाई ३-० गोल अन्तरले हराउँदै टोटेनहमले पाँचौं चरणको यात्रा तय गरेको हो ।
टोटेनहमको जितमा सन ह्युङ मिनले दुई गोल गरे । अर्नोट डान्जुमाले एक गोल थपे ।
खेलको ५० औं मिनेटमा सनले गोल गर्दै टोटेनहमलाई सुरुआती अग्रता दिलाएका थिए ।
६९ औं मिनेटमा सनले व्यक्तिगत दोस्रो गोल गर्दै टोटेनहमलाई २-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ८७ औं मिनेटमा डान्जुमाले गोल गर्दै टोटेनहमलाई ३-० को जित दिलाए ।
उनले डेब्यु खेलमै टोटेनहमका लागि गोल गरेका हुन् ।
साउथह्याम्पटन पनि पाँचौं चरणमा प्रवेश गरेको छ ।
ब्लाकपुललाई २-१ गोल अन्तरले हराएर साउथह्याम्पटनले पाँचौं चरणको यात्रा तय गरेको हो ।
टोटेनहम पाँचौं चरणमा









-1763473683107.jpeg&w=3840&q=75)
-1763457989968.jpeg&w=3840&q=75)


-1763450218248.jpg&w=3840&q=75)