इन्टरको पुनरागमन जित
आइतबार, १५ माघ २०७९खेलपाटी संवाददाता

काठमाडौं । इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले पुनरागमन जित निकालेको छ ।
शनिबार राति भएको खेलमा इन्टरले क्रेमोनीजविरुद्ध २-१ को जित निकालेको हो ।
खेलको ११ औं मिनेटमा डेभिड ओक्रेरेकेले गोल गर्दै क्रेमोनीजलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, लाउटरो मार्टिनेजले दुई गोल गरेपछि इन्टरले जित निकालेको हो ।
खेलको २१ औं मिनेटमा मार्टिनेजले गोल गर्दै इन्टरलाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ६५ औं मिनेटमा मार्टिनेजले व्यक्तिगत दोस्रो गोल गर्दै इन्टरलाई २-१ को जित दिलाए ।
जितसँगै इन्टर दोस्रो स्थानमा उक्लिएको छ ।
इन्टरले २० खेलमा ४० अंक जोडेको छ ।
क्रेमीनीज ८ अंक जोडेर पुछारमा रहेको छ ।
इन्टरको पुनरागमन जित







-1775701512962.webp&w=3840&q=75)





