इन्टरको पुनरागमन जित
आइतबार, माघ १५, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले पुनरागमन जित निकालेको छ ।
शनिबार राति भएको खेलमा इन्टरले क्रेमोनीजविरुद्ध २-१ को जित निकालेको हो ।
खेलको ११ औं मिनेटमा डेभिड ओक्रेरेकेले गोल गर्दै क्रेमोनीजलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, लाउटरो मार्टिनेजले दुई गोल गरेपछि इन्टरले जित निकालेको हो ।
खेलको २१ औं मिनेटमा मार्टिनेजले गोल गर्दै इन्टरलाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ६५ औं मिनेटमा मार्टिनेजले व्यक्तिगत दोस्रो गोल गर्दै इन्टरलाई २-१ को जित दिलाए ।
जितसँगै इन्टर दोस्रो स्थानमा उक्लिएको छ ।
इन्टरले २० खेलमा ४० अंक जोडेको छ ।
क्रेमीनीज ८ अंक जोडेर पुछारमा रहेको छ ।
इन्टरको पुनरागमन जित









-1763473683107.jpeg&w=3840&q=75)
-1763457989968.jpeg&w=3840&q=75)


-1763450218248.jpg&w=3840&q=75)