बराबरीमा रोकियो बायर्न
आइतबार, १५ माघ २०७९खेलपाटी संवाददाता

काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिख बराबरीमा रोकिएको छ ।
शनिबार राति भएको खेलमा बायर्न फ्रान्कफुर्टसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
खेलमा सुरुआती अग्रता जोगाउन नसक्दा बायर्न बराबरीमा रोकिनु परेको हो ।
खेलको ३४ औं मिनेटमा लोरी सानेले गोल गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ६९ औं मिनेटमा राण्डल कोलो मुआनीले गोल गर्दै फ्रान्कफुर्टलाई १-१ गोलको बराबरीमा ल्याए ।
यस बराबरीसँगै बायर्नले १८ खेलमा ३७ अंक जोडेको छ ।
बायर्न शीर्ष स्थानमा यथावत रहेको छ ।
फ्रान्कफुर्ट ३२ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
बराबरीमा रोकियो बायर्न







-1775701512962.webp&w=3840&q=75)





