कासिमिरो चम्किदा युनाईटेड पाँचौं चरणमा
आइतबार, १५ माघ २०७९खेलपाटी संवाददाता

काठमाडौं । म्यानचेस्टर युनाईटेड एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ ।
शनिबार राति भएको खेलमा रिडीङलाई ३-१ गोल अन्तरले हराउँदै युनाईटेडले अर्को चरणको यात्रा तय गरेको हो ।
युनाईटेडको जितमा कासिमिरोले दुई गोल गरे ।
खेलको ५४ औं मिनेटमा कासिमिरोले गोल गर्दै युनाईटेडलाई सुरुआती अग्रता दिलाएका थिए ।
५८ औं मिनेटमा कासिमिरोले व्यक्तिगत दोस्रो गोल गर्दा युनाईटेडको अग्रता दोब्बर बनाए ।
खेलको ६५ औं मिनेटमा एन्डी कारोलले रातो कार्ड पाएपछि रिडीङ १० खेलाडीमा समेटियो ।
६६ औं मिनेटमा फ्रेडले गोल गर्दा युनाईटेड ३-० ले अघि रह्यो ।
त्यसपछि खेलको ७२ औं मिनेटमा रिडीङका अमाडोउ सालिफले गोल गरेपनि युनाईटेड ३-१ ले विजयी भयो ।
कासिमिरो चम्किदा युनाईटेड पाँचौं चरणमा







-1775701512962.webp&w=3840&q=75)





