पेड्रीको गोलमा बार्सिलोना विजयी
शनिबार, १४ माघ २०७९खेलपाटी संवाददाता

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोनाले साँघुरो जित निकालेको छ ।
शनिबार राति भएको खेलमा बार्सिलोनाले जिरोनालाई १-० गोल अन्तरले हराएको हो ।
बार्सिलोनाको जितमा पेड्रीले निर्णायक गोल गरे ।
खेलको ६१ औं मिनेटमा पेड्रीले जोर्डी अल्बाको पासमा गोल गरेका हुन् ।
यस जितसँगै बार्सिलोनाले १८ खेलमा ४७ अंक जोडेको छ ।
बार्सिलोना दोस्रो स्थानको रियल मड्रिड भन्दा ६ अंकले अघि रहेको छ ।
जिरोना २१ अंक जोडेर तालिकाको १२ औं स्थानमा रहेको छ ।
पेड्रीको गोलमा बार्सिलोना विजयी







-1775701512962.webp&w=3840&q=75)





