लेस्टर र लिड्स पाँचौं चरणमा
शनिबार, माघ १४, २०७९खेलपाटी संवाददाता

काठमाडौं । लेस्टर सिटी लिड्स युनाईटेड एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ ।
शनिबार राती वालसललाई १-० गोल अन्तरले हराउँदै लेस्टरले पाँचौं चरणको यात्रा तय गरेको हो ।
लेस्टरको जितमा केलिची इहानाचोले निर्णायक गोल गरे ।
केलिचीले खेलको ६८ औं मिनेटमा गोल गरेका हुन् ।
त्यसअघि ४८ औं मिनेटमा लेस्टरका युरी टेलीमान्सले पेनाल्टीमा गोल गर्न सकेनन् ।
यस्तै लिड्स युनाईटेडले एक्रिङ्गटन स्टेनलीलाई ३-१ ले हराएर पाँचौं चरणमा स्थान बनाएको छ ।
लिड्सको जितमा ज्याक हेरिसन, जुनियर फिर्पो र लुइस सिनिस्टेराले एक एक गोल गरे ।
स्टेनलीका लेस्ली एडेकोयाले एक गोल फर्काए ।
लेस्टर र लिड्स पाँचौं चरणमा









-1763473683107.jpeg&w=3840&q=75)
-1763457989968.jpeg&w=3840&q=75)


-1763450218248.jpg&w=3840&q=75)