युवा विंगर गोर्डोन अनुबन्ध गर्न न्युकासल सहमत
शनिबार, १४ माघ २०७९खेलपाटी संवाददाता

काठमाडौं । प्रिमियर लिग क्लब न्युकासल युनाईटेडले युवा विंगर एन्थोनी गोर्डोन अनुबन्ध गर्ने भएको छ ।
एभर्टनका विंगरलाई ४५ मिलियन पाउण्डमा अनुबन्ध गर्नका लागि न्युकासल सहमत भएको बीबीसीले जनाएको छ ।
गोर्डोन अनुबन्धको प्रक्रिया यसै हप्ता पूरा हुने बताईएको छ ।
गोर्डोन अनुबन्धका लागि यस अघि चेल्सीले प्रस्ताव गरेको थियो । तर, एभर्टनले प्रस्ताव अस्विकार गरेको थियो ।
इंग्ल्यान्डका यू-२१ टोलीका सदस्य गोर्डोनले २०२० को जनवरीमा एभर्टनका लागि डेब्यु गरेका थिए ।
यस सिजन गोर्डोनले एभर्टनका लागि १६ प्रिमियर लिग खेलमा ३ गोल गरिसकेका छन् ।
युवा विंगर गोर्डोन अनुबन्ध गर्न न्युकासल सहमत







-1775701512962.webp&w=3840&q=75)





