अलन्सोले थपे सम्झौता
शनिबार, १४ माघ २०७९खेलपाटी संवाददाता

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका डिफेन्डर मार्कोस अलन्सोले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
अलन्सोले थप एक वर्ष क्लबमा बस्ने गरि सम्झौता नवीकरण गरेको बार्सिलोनाले जनाएको छ ।
अलन्सो २०२४ सम्म बार्सिलोनामा रहने छन् ।
३२ वर्षीय अलन्सोले बार्सिलोनाका लागि १० लिग खेलमा १ गोल गरेका छन् ।
बार्सिलोनाले स्पेनिस डिफेन्डरलाई गत वर्ष फ्री ट्रान्सफरमा अनुबन्ध गरेको थियो ।
लेफ्ट ब्याक अलन्सो इंग्लिस प्रिमियर लिग क्लब चेल्सी छाडेर स्पेन आएका थिए ।
चेल्सीमा ६ वर्ष बिताएर उनले क्लब छाडेका हुन् ।
अलन्सोले थपे सम्झौता







-1775701512962.webp&w=3840&q=75)





