ट्रिपिएरद्वारा सम्झौता नवीकरण
शनिबार, १४ माघ २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब न्युकासलका कप्तान किरियन ट्रिपिएरले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
न्युकासलले डिफेन्डर तथा कप्तान ट्रिपिएरले सम्झौता नवीकरण गरेको जनाएको छ ।
सम्झौता नवीकरणसँगै उनी २०२५ सम्म न्युकासलमा रहने छन् ।
३२ वर्षीय राइट ब्याक २०२२ मा एट्लेटिको मड्रिडबाट न्युकासल आएका थिए ।
इंग्ल्यान्डका डिफेन्डरले न्युकासलका लागि २६ प्रिमियर लिग खेलमा ३ गोल गरिसकेका छन् ।
ट्रिपिएरले इंग्ल्यान्डका लागि ४० खेलमा १ गोल गरेका छन् ।
ट्रिपिएरद्वारा सम्झौता नवीकरण







-1775701512962.webp&w=3840&q=75)





-1775698893190.webp&w=3840&q=75)