लाइपजिगको जित
शनिबार, १४ माघ २०७९खेलपाटी संवाददाता

काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा आरबी लाइपजिगले जित निकालेको छ ।
शुक्रबार राति भएको खेलमा लाइपजिगले स्टुटगार्डलाई २-१ गोल अन्तरले हराएको हो ।
खेलको २५ औं मिनेटमा डोमिनिक सोबोस्लाईले गोल गर्दै लाइपजिगलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ४९ औं मिनेटमा डोमिनिकले व्यक्तिगत दोस्रो गोल गर्दै लाइपजिगलाई २-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ६८ औं मिनेटमा स्टुटगार्डका क्रिस फुरीचले पेनाल्टीमा गोल गरेपनि लाइपजिग २-१ ले विजयी भयो ।
जितसँगै लाइपजिग दोस्रो स्थानमा उक्लिएको छ ।
लाइपजिगले १८ खेलमा ३५ अंक जोडेको छ ।
स्टुटगार्ड १६ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।
लाइपजिगको जित







-1775701512962.webp&w=3840&q=75)





-1775698893190.webp&w=3840&q=75)