उम्ब्रोको समान किन्दा लण्डनमा प्रत्यक्ष खेल हेर्ने अवसर

काठमाडौं । खेलकुद पोशाक कम्पनी उम्ब्रोको समान खरिद गर्ने दुई भाग्यशालीले इंग्लिस प्रिमियर लिग अन्तर्गत वेस्ट ह्याम युनाईटेड र म्यानचेस्टर युनाईटेडबीचको खेल हेर्न पाउने भएका छन् ।
उम्ब्रो नेपालको आधिकारिक बिक्रेता भाटभटेनी होल्डीङ्स कम्पनीले शुक्रबार एक बिज्ञप्ति निकाल्दै उम्ब्रो ब्राण्डको समान खरिद गर्ने दुई भाग्यशाली विजेताले लण्डनमा हुने वेस्ट ह्याम र युनाईटेडबीचको खेल हेर्न पाउने जनाएको छ ।
'रोड टु वेस्ट ह्याम' अभियान अन्तर्गत दुई भाग्यशालीले उक्त अवसर पाउने छन् । यस्तै विजेताले काठमाडौं देखि लण्डनको दुईतर्फी टिकट र लण्डनमा रहदा ३ रात र ४ दिनको आवास सुविधा पाउने छन् ।
लण्डन स्टेडियममा आगामी मे ६ मा वेस्ट ह्याम र युनाईटेडबीचको खेल हुनेछ ।
रोड टु वेस्ट ह्याम अभियान जनवरी २७ आजबाट सुरु भएर आगामी मार्च ३० सम्म चल्ने छ । ५ हजार वा सो भन्दा बढी रकमको समान खरिद गर्ने ग्राहकले यस अभियानमा सामेल हुन पाउने छन् ।
दुई भाग्यशाली विजेता लक्की ड्र मार्फत छनोट गरिने भाटभटेनी होल्डीङ्स कम्पनीले जनाएको छ ।
उम्ब्रो नेपालका समानहरु उपत्यकाका ८ र उपत्यका बाहिरका ६ भाटभटेनी सुपरमार्केटमा किन्न सकिनेछ ।
उम्ब्रो प्रिमियर लिग क्लब वेस्ट ह्यामको प्रायोजक समेत हो । उम्ब्रो नेपालले नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मिडफिल्डर प्रिती राईलाई प्रायोजन गरेको छ ।
अन्तराष्ट्रिय ब्राण्ड उम्रोको नेपालको आधिकारिक बिक्रेता भाटभटेनी होल्डिङ्स रहेको छ । उम्रोका सामानहरु देशभरका भाटभटेनी सुपर मार्केटका स्टोरमा उपलब्ध छन् ।








-1775701512962.webp&w=3840&q=75)





-1775698893190.webp&w=3840&q=75)