एसवाईसी कप महिला तथा पुरुष फुटबल प्रतियोगिता हुने
शुक्रबार, १३ माघ २०७९खेलपाटी संवाददाता

काठमाडौं । लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिकामा एसवाईसी कप महिला तथा पुरुष फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
शिलादेबी युवा क्लबको आयोजनामा हुने प्रतियोगिता फागुन ७ गतेबाट सुरु हुनेछ ।
प्रतियोगितामा पुरुष र महिला दुबै टिमको प्रतिस्पर्धा हुनेछ ।
पुरुषको विजेताले १ लाख र उपविजेताले ६० हजार नगद पाउने छन् ।
सेमिफाइनल पुग्ने टोलीले ५/५ हजार पाउने छन् ।
महिलाको विजेताले २० हजार र उपविजेताले १२ हजार पाउने आयोजकले जनाएको छ ।
महिला र पुरुषतर्फ उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र अनुशासित टोलीलाई समेत पुरस्कृत गरिने छ ।
एसवाईसी कप महिला तथा पुरुष फुटबल प्रतियोगिता हुने







-1775701512962.webp&w=3840&q=75)





-1775698893190.webp&w=3840&q=75)