वेस्ट ह्याम छाड्ने योजनामा एन्टोनियो
शुक्रबार, माघ १३, २०७९खेलपाटी संवाददाता

काठमाडौं। इंग्लिस प्रिमियर लिग क्लब वेस्ट ह्यामका फरवार्ड माइकल एन्टोनियोले क्लब छाड्ने योजना बनाएका छन्।
३२ वर्षीय फरवार्डले यहिँ जनवरी ट्रान्सफरमा क्लब छाड्ने योजना बनाएका हुन् ।
द फुटबलर्सको पोड्कास्टमा बोल्दै एन्टोनियोले क्लब छाड्ने योजना भएको बताएका छन् ।
उनले अन्य क्लबसँग कुराकानी गरिरहेको समेत बताएका छन् ।
'इमानदारीपूर्वक, मैले केहि पनि अस्वीकार गरेको छैन । म यति मात्र भन्न सक्छु। वार्ताहरू भईरहेको छ, त्यसैले जे हुन्छ, हुन्छ,' उनले भनेका छन् ।
एन्टोनियो २०१५ मा नटिङघम फरेस्टबाट वेस्ट ह्याम आएका थिए ।
एन्टोनियो प्रिमियर लिगमा वेस्ट ह्यामका सर्वाधिक गोलकर्ता समेत हुन ।
एन्टोनियोले पोओलो डी कानियोको ४६ गोलको कीर्तिमान तोडेका थिए ।
वेस्ट ह्याम छाड्ने योजनामा एन्टोनियो









-1763473683107.jpeg&w=3840&q=75)
-1763457989968.jpeg&w=3840&q=75)


-1763450218248.jpg&w=3840&q=75)