रबि र सरोजसहित संकटाका ५ खेलाडीले गरे सम्झौता नवीकरण
बिहिबार, माघ १२, २०७९खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन क्लब संकटाका पाँच खेलाडीले सम्झौता नवीकरण गरेका छन् ।
संकटाले बिहीबार सामाजिक संजालबाट पाँच खेलाडीले सम्झौता नवीकरण गरेको जनाएको छ ।
कप्तान समेत रहेका रबि सिलवाल, सरोज दाहाल, रोशन पहरी,दिपेन्द्र बिक र गणेश हमालले सम्झौता नवीकरण गरेको संकटाले जनाएको छ ।
नयाँ सिजनको सहिद स्मारक 'ए' डिभिजन लिग अघि संकटाले पाँच खेलाडीसँगको सम्झौता थप गरेको हो ।
नयाँ सिजनको 'ए' डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ । लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ ।
रबि र सरोजसहित संकटाका ५ खेलाडीले गरे सम्झौता नवीकरण









-1763473683107.jpeg&w=3840&q=75)
-1763457989968.jpeg&w=3840&q=75)


-1763450218248.jpg&w=3840&q=75)