उपाधिका लागि भद्रकाली र कालिका भिड्ने

पोखरा । प्रथम कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिताको उपाधिका लागि कालिका माध्यमिक विद्यालय र भद्रकाली माध्यमिक विद्यालय भिड्ने भएका छन् ।
यी दुईबीचको खेल पोखरा रंगशालामा शुक्रबार दिउँसो साढे १ बजे सुरु हुनेछ ।
गण्डकी विश्वविद्यालयले आयोजना गरेको उक्त प्रतियोगिता अन्तर्गत बिहीबार भएको पहिलो सेमीफाइलनमा भद्रकालीले इन्द्र राज्यलक्ष्मी माध्यमिक विद्यालयलाई ६–२ ले पराजित गर्दै फाइनलको यात्रा सुनिश्चित गरेको हो ।
भद्रकालीका अमित गुरुङले ह्याट्रिक गरे । उनले खेलको ३८औं, ५५औं र ५९औं मिनेटमा गोल गरेका थिए । युक्त गुरुङ, अमिर गुरुङ र दिपेश गुरुङले १–१ गोल गरेका थिए । राज्यलक्ष्मीबाट दिनेश घर्तिमगरले २ गोल फर्काए पनि टिमलाई हारबाट जोगाउन सकेनन् । उनले ५औं मिनेट र १८औं मिनेटमा गोल गरेका थिए ।
कालिकाले दोस्रो सेमीफाइलनमा सहिद स्मृति आवशीय माध्यमिक विद्यालयलाई १–० ले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । कालिकाको जितमा तेजबहादुर गुरुङले गोेल गरे । खेलको ३१औं मिनेटमा तेजले गरेको गोलनै खेलको निर्णायक भयो ।
सो प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछ । प्लेयर अफ द टुर्नामेन्टलाई ट्रफिसहित १० हजारको व्यवस्था गरिएको छ । फाइलन खेलमा नवनियुक्त सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पञ्चराम गुरुङको उपस्थिति रहने आयोजकले जनाएको छ ।









-1763473683107.jpeg&w=3840&q=75)
-1763457989968.jpeg&w=3840&q=75)


-1763450218248.jpg&w=3840&q=75)