आइतबार, २७ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

खेल संघको संख्या दुई अंकमा झर्ने – सदस्य सचिव

बिहिबार, १२ माघ २०७९खेलपाटी संवाददाता
खेल संघको संख्या दुई अंकमा झर्ने – सदस्य सचिव
mustang rice ad

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले राष्ट्रिय खेलको संख्या दुई अंकमा झर्ने बताएका छन् । परिषद्मा करिब दुई सय खेल संघ दर्ता रहेको उल्लेख गर्दै सदस्य सचिव घिसिङले नयाँ खेलकुद ऐन अनुसार खेलकुद संघको संख्या दुई अंकमा झर्ने बताएका हुन् ।  

खेलकुदमा जापानले गरेको प्रगतिको उदाहरण दिदै घिसिङले भने, ‘एसियाली खेलकुदको सफल देश जापानमा दुई अंकमा खेल संख्या छ । तर नेपालमा दुई सयको हाराहारीमा खेल संघ छन् । नयाँ ऐनले खेल संघको संख्या दुई अंकमा झर्नेछ । त्यसमा पनि करिब राष्ट्रिय संघ ५० भन्दा कम हुने देखिन्छ ।’

राखेपले विवादीत संघको रुपमा रहेको नेपाल कराँते महासंघलाई पुनर्गठन गर्दै राखेपकै पूर्व सदस्य सचिव युवराज लामाको नेतृत्वमा तदर्थ कमिटी गठन गरेको छ । सोही कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य सचिव घिसिङले नयाँ ऐन अनुसार राष्ट्रिय खेल संघको संख्या ५० भन्दा कम हुने बताएका हुन् । 

अन्तराष्ट्रिय मान्यता र खेलकुदसँग स्पष्ट उद्धेश्यनै नमिल्ने संस्थाहरु राखेपमा खेल संघको रुपमा दर्ता छन् । संघहरु ब्यवस्थित नहुँदा खेलकुद क्षेत्र भद्रगोल र बदनाम देखिदै आएको छ । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ ले राष्ट्रिय खेल संघ वा महासंघ गठन हुन कम्तिमा चार प्रदेशका खेल संघ आपसमा मिल्नुपर्ने ब्यवस्था गरेको छ । सोही कारण राखेपमा दर्ता भएका करिब दुई सय खेल संघ ५० भन्दा कममा झर्ने ठानिएको छ ।

अधिकांश राष्ट्रिय संघको रुपमा दर्ता भएका खेलकुद संघको प्रदेश र जिल्ला कमिटी छैन । नयाँ ऐनले राष्ट्रिय संघ बन्न कम्तिमा चार प्रदेश, प्रदेशभित्रका बहुमत जिल्ला र नगरपालिका स्तरमा दर्ता भएका क्लबलाई अनिवार्य गरेको छ । नयाँ ऐन कार्यान्वनयमा आईसकेपनि धेरै संघले प्रक्रिया अनुसार निर्वाचन गर्न सकेका छैनन् । अधिकांश खेल संघको हैसियत स्थानीय खेल संस्था वा क्लब सरहको छ । 

राखेपले समेत नयाँ ऐन अनुसार निर्वाचन प्रक्रियामा जान अधिकांश संघलाई आग्रह गर्दै आएको छ । तदर्थवादमा चलेका खेल संघ र कार्यकाल पुरा गरेका खेल संघलाई राखेपले नयाँ ऐन अनुसार विधान र कार्यसमिति गठनका लागि निर्देशन दिदै आएको छ । तर झोलामा चल्दै आएका धेरै खेलकुद संघलाई नयाँ ऐनको मापदण्ड पुरा गर्न कठिन छ ।   

राखेप सदस्य सचिव घिसिङले सबै खेल संघलाई एकिकरण गर्दै अघि बढ्ने प्रक्रिया सुरु भएको उल्लेख गर्दै खेलकुद ऐन कार्यान्वयनको सन्दर्भमा आफु गम्भिर रहेको बताएका छन् । 
 

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा

Bajaj Pulsar Motorcycle Ad
मोरोक्को र नाइजेरियाको भेट सेमिफाइनलमा

मोरोक्को र नाइजेरियाको भेट सेमिफाइनलमा

सलाहको गोलसँगै इजिप्ट सेमिफाइनलमा, डिफेन्डिङ च्याम्पियन आइभोरी कोस्ट बाहिरियो

सलाहको गोलसँगै इजिप्ट सेमिफाइनलमा, डिफेन्डिङ च्याम्पियन आइभोरी कोस्ट बाहिरियो

आइतबारदेखि एसपीए लिटिल फ्लावर प्राइड लिग

आइतबारदेखि एसपीए लिटिल फ्लावर प्राइड लिग

ओलम्पिकको बाटोमा एन्फा

ओलम्पिकको बाटोमा एन्फा

पुलिसलाई हराउँदै न्यु डायमन्ड बन्यो च्याम्पियन

पुलिसलाई हराउँदै न्यु डायमन्ड बन्यो च्याम्पियन

मच्छिन्द्र फर्किए प्रवेश

मच्छिन्द्र फर्किए प्रवेश

आर्मीलाई सहजै हराउँदै एपीएफ तेस्रो

आर्मीलाई सहजै हराउँदै एपीएफ तेस्रो

चेन्नईको रेसिङ ट्रयाकमा नेपाली राइडर

चेन्नईको रेसिङ ट्रयाकमा नेपाली राइडर