भुसालले गरे मछिन्द्रसँगको सम्झौता नवीकरण
बिहिबार, १२ माघ २०७९खेलपाटी संवाददाता

काठमाडौं । फिजियोथेरापिष्ट डा सुरज भुसालले सहिद स्मारक 'ए' डिभिजन लिग क्लब मछिन्द्र फुटबल क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
मछिन्द्रले बिहीबार सामाजिक संजालबाट फिजियो भुसालले सम्झौता नवीकरण गरेको जनाएको छ ।
मछिन्द्रले नयाँ सिजनको सहिद स्मारक 'ए' डिभिजन लिगका लागि भुसालसँगको सम्झौता थप गरेको हो ।
सम्झौतासँगै नयाँ सिजनको लिगमा भुसालले मछिन्द्रको मेडिकल टिम सम्हाल्ने छन् ।
नयाँ सिजनको 'ए' डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ ।

भुसालले गरे मछिन्द्रसँगको सम्झौता नवीकरण














-1770628505169.jpg&w=3840&q=75)