चितवनमा सेभेन ए साइड नकआउट फुटबल हुने
बिहिबार, माघ १२, २०७९खेलपाटी संवाददाता

काठमाडौं । प्रयास युथ क्लबको आयोजनामा पहिलो संस्करणको खुल्ला सेभेन ए साइड नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
प्रतियोगिता माघ २५ गतेबाट फागुन ५ गतेसम्म आयोजना हुने आयोजक क्लबले जनाएको छ ।
प्रतियोगिता चितवन भरतपुरस्थित जगतपुरको गौचरण मैदानमा आयोजना हुनेछ ।
प्रतियोगिताको विजेताले उपाधि ट्रफीसँगै ४० हजार ४९९ रुपैयाँ पाउने छन् ।
उपविजेता टोलीले २० हजार ४९९ रुपैयाँ पाउने छन् ।
फेयर प्ले टोलीले २ हजार, सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र राइजिङ प्लेयरले जनही १ हजार पाउने छन् ।
प्रतियोगिताका लागि दर्ता शुल्क ३ हजार राखिएको छ ।
चितवनमा सेभेन ए साइड नकआउट फुटबल हुने









-1763473683107.jpeg&w=3840&q=75)
-1763457989968.jpeg&w=3840&q=75)


-1763450218248.jpg&w=3840&q=75)