पहिलो लेगमा युनाईटेडको सहज जित
बिहिबार, माघ १२, २०७९खेलपाटी संवाददाता

काठमाडौं । काराबाओ कप फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा म्यानचेस्टर युनाईटेडले सहज जित निकालेको छ ।
बुधबार राति भएको खेलमा युनाईटेडले नटिङघम फरेस्टलाई ३-० गोल अन्तरले हराएको हो ।
युनाईटेडको जितमा मार्कुस राषफोर्ड,वाउट वेगहर्स्ट र ब्रुनो फर्नान्डेसले एक एक गोल गरे ।
खेलको छैटौं मिनेटमा राषफोर्डले गोल गर्दै युनाईटेडलाई सुरुआती अग्रता दिलाएका थिए ।
४५ औं मिनेटमा वेगहर्स्टले गोल गर्दा युनाईटेडको अग्रता २-० को बन्यो ।
त्यसपछि खेलको ८९ औं मिनेटमा ब्रुनोले गोल गर्दै युनाईटेडलाई ३-० को जित दिलाए ।
दुई टोलीबीचको दोस्रो लेग आगामी बुधबार राति हुनेछ ।
पहिलो लेगमा युनाईटेडको सहज जित









-1763473683107.jpeg&w=3840&q=75)
-1763457989968.jpeg&w=3840&q=75)


-1763450218248.jpg&w=3840&q=75)