बार्सिलोना सेमिफाइनलमा
बुधबार, माघ ११, २०७९खेलपाटी संवाददाता

काठमाडौं । बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको खेलमा रियल सोसिडाडलाई १-० ले हराएर बार्सिलोना अन्तिम चारमा पुगेको हो ।
बार्सिलोनाको जितमा ओसुमाने डेम्बेलेले निर्णायक गोल गरे ।
डेम्बेलेले खेलको ५२ औं मिनेटमा गोल गरे ।
यस्तै खेलको ४० औं मिनेटमा ब्रैस मेन्डेजले रातो कार्ड पाएपछि सोसिडाड १० खेलाडीमा समेटिएको थियो ।
यस्तै ओसासुनाले समेत सेमिफाइनलमा स्थान पक्का गरेको छ ।
ओसासुनाले सेभियालाई अतिरिक्त समयमा २-१ ले हराएर अन्तिम चारको यात्रा तय गरेको हो ।
बार्सिलोना सेमिफाइनलमा









-1763473683107.jpeg&w=3840&q=75)
-1763457989968.jpeg&w=3840&q=75)


-1763450218248.jpg&w=3840&q=75)