डच फरवार्ड टोटेनहममा
बुधबार, ११ माघ २०७९खेलपाटी संवाददाता

काठमाडौं । प्रिमियर लिग क्लब टोटेनहमले नेदरल्यान्ड्सका फरवार्ड अर्नोट डान्जुमालाई अनुबन्ध गरेको छ ।
टोटेनहमले डच फरवार्डलाई स्पेनिस क्लब भिल्ला रियलबाट लोनमा अनुबन्ध गरेको हो ।
टोटेनहमले यस सिजनको अन्तिमसम्मका लागि लोनमा डान्जुमालाई अनुबन्ध गरेको हो ।
२५ वर्षीय फरवार्डले २०२१ मा भिल्ला आएका थिए । त्यसअघि उनले बर्नेमाउथका लागि खेलेका थिए ।
गत सिजन उनले भिल्लाका लागि १६ गोल गरेका थिए ।
नेदरल्यान्ड्सका लागि उनले ६ खेलमा २ गोल गरिसकेका छन् ।
कतार विश्वकपमा भने उनी टोलीमा थिएनन् ।
डच फरवार्ड टोटेनहममा













-1770628505169.jpg&w=3840&q=75)
