बुधबार, कार्तिक २०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Bhat Bhateni Supermarket Ad

‘एन्फाको राजनीतिमा जहिल्यै खेलाडीहरु मर्नुपर्ने ?’

बुधबार, माघ ११, २०७९नमीन ढकाल
‘एन्फाको राजनीतिमा जहिल्यै खेलाडीहरु मर्नुपर्ने ?’
Classic Tech Internet Ad

इलाम । नेपाली फुटबलको अहिलेको प्रमुख समस्या हो खेलाडी पलायन । दिनहु जसो विमानस्थलमा नेपाल छाडेर विदेश पलायन हुने खेलाडी भेटिन्छन् । नेपाली फुटबल अस्थिर बन्दै गएपछि अहिले राष्ट्रिय टोलीका धेरै खेलाडीहरुले नेपाल छाडेका छन् ।

'ए' डिभिजन लिग समेत व्यवसायिक नहुँदा दैनिक जीवनयापनका लागि खेलाडीहरु अष्ट्रेलिया, युरोप र खाडी मुलुक तर्फ गएका छन् । पलायनबारे एन्फा जिम्मेवार नभएको खेलाडीहरुकै आरोप छ ।

नेपाली राष्ट्रिय टोलीका पूर्व मिडफिल्डर प्रलयराज भण्डारी एन्फा पदाधिकारी खेलाडीको सुविधा भन्दा पनि आफ्नो स्वार्थ पुर्तिमा लागेको बताउँछन् ।

‘एन्फाको भिजन जिरो दोष खेलाडीलाई । आफ्नो तलब १ लाख ५० हजार खेलाडीलाई १८ हजार’ उनी भन्छन् ‘ सबै एन्फाका पदाधिकारी गाडीमा खेलाडी जति खाडीमा । खेल आयोजना गर्न र गराउन नदिने एन्फा अनि खेलाडीहरु नेपालमा के गरेर बस्ने । तिमीहरुको घिनलाग्दो राजनीतिमा जहिले खेलाडीहरु मर्नुपर्ने ?’

आजकाल प्रलय दिनहु जसो सामाजिक सञ्जालमा एन्फाको आलोचना गरिरहेको भेटिन्छन् । थ्री स्टारबाट व्यवसायिक फुटबल खेलेका प्रलय भविष्य नदेखेर अमेरिका पलायन भएको १ दशक भन्दा लामो समय भएको छ । नेपालमा आयोजना हुने आहारारा लगायत केही महत्वपुर्ण प्रतियोगितामा उनले अफिसियलको रुपमा सहभागिता जनाउन भने छाडेका छैनन् ।

‘नेपालमा फुटबल खेलेर हुने केही पनि हैन् । तर नेपाली फुटबलको माया लागेर केही प्रतियोगितामा फरक भुमिका देखिने गरेको छु । नेपाली फुटबलमा थोरै भएपनि खेलाडीको रुपमा योगदान दिएको छ तर अझै पनि एन्फाको आयोजनामा हुने प्रतियोगितामा रंगशाला खेलाडीको रुपमा र्छिन पाइदैनन् । हाम्रो योगदानको कदर खोइ ?’ उनी प्रश्न गर्छन् ।

रोकिएन खेलाडी पलायन

प्रलय जस्तै पूर्व राष्ट्रिय खेलाडी निराजन खड्का खेलाडीहरु सामान्य आवश्यकता समेत पूरा नभएको महसुस भएपछि पलायन भएको बताउँछन् ।

एन्फा महासचिव किरण राईले धैरे कमाउने चाहनाका कारण खेलाडी पलायन भएको बताएपछि असहमती जनाउँदै खड्का भन्छन्, ‘पैसाको लागि कहिले पनि थिएन् । खेलाडीहरु प्रतिको धारणा अपमानजनक र जवाफदेहित विहिन छ । आफ्नो ज्यान दिने खेलाडीको लागि टेबलमा खाना छैन, चोटपटक वा पछि वास्ता छैन, मूलतया यो कुनै भविष्य छैन् ।’ उनी भन्छन् ‘ तथ्यलाई स्वीकार गर्नुहोस् । झुट बोल्ने र आफूलाई ढाकछोप गर्ने प्रयास गर्नुको सट्टा यसलाई परिवर्तन गर्ने वाचा गर्नुहोस् ।’

राईले खेलाडीहरु नेपालमा पाएको पैसाबाट सन्तुष्ट नभएकोले धेरै कमाउने चाहनाले पलायन भएको बताएका थिए । उनले खेलाडीहरुको नीजि मामलामा हस्तक्षेप गर्न नसकिने अभिव्यक्तिपछि खेलाडीहरुमा असन्तुष्टी पैदा भइरहेको छ ।

पछिल्लो १ वर्षको अवधिमा ३५ भन्दा बढि राष्ट्रिय खेलाडीहरु नेपाली फुटबल छाडेर विदेशीए । त्यसमध्ये आधा खेलाडी विगत २ वर्ष यता सिनियर राष्ट्रिय टोलीबाट सहभागि भएका खेलाडी हुन् । आगामी फागनु १९ गतेबाट संचालन हुने शहिद स्मारक 'ए' डिभिजन लिगका लागि विभिन्न क्लबमा अनुबन्धित भएका खेलाडीहरु लिग अघि नै नेपाल छाडेर लागे ।

धेरै खेलाडीहरु अष्ट्रेलिया  गन्तव्य बनाउँदा केही खेलाडीहरु भने खाडी मुलुक तर्फ भविष्य दाउमा राखेर गएका छन् । विभागीय टोलीमा खेलाडीहरुको भविष्य तुलनात्मक रुपमा सुरक्षित मानिन्छ । तर केही खेलाडीहरुलाई विभागको जागिरले समेत आर्कषित गराउन सकेन् ।

विभागीय टोली त्रिभुवन आर्मीमा जागिरे रहेका विवेक बस्नेत दुवई गए । उनीसंगै नेपाल पुलिसका गोलरक्षक रोशन खड्का पनि दुवई गएका छन् । एपीएफबाट खेलेका रुपक लामा, आशिष लामा र राजेन्द्र रावल समेत नेपाल छाडेर पलयान भएका छन् ।

आर्मीका गौतम श्रेष्ठ, पुलिसका तेज तामाङ केही दिन अघि मात्र अष्ट्रेलिया पुगे ।  विगत ३÷४ वर्ष यता मात्र खेलाडीहरु अष्ट्रेलिया पलायन हुन् थालेका हुन् । २०७६ भन्दा अघि पलायन भएका धेरै जसो खेलाडीको गन्तव्य खाडी मुलुक नै थियो ।

अहिले पलायन नभएका राष्ट्रिय खेलाडी समेत चाडै नै विदेशीने सोच बनाएका छन् । राष्ट्रिय टोलीबाट मिडफिल्डर विशाल राई समेत सन्तुष्ट छैनन् ।

‘जता बाट पनि पीडित चाँही खेल र खेलाडी मात्रै हुनुपर्ने हो त ? हामीले त यती लामो समय जसो तसो खेल्यौ तर के अबको पिढिले नखेल्नु ? हामीले भन्दा राम्रो गर्ने अधिकार आउदो पुस्तालाइ छैन र ?’ उनी प्रश्न गर्छन् ‘खेलाडीहरु वर्षमा ४–५ महिनाको तलबमा सन्तुष्ट बस्नुपर्छ । अनि अझ त्यस माथि यही ४–५ महिनाको तलब पनि सबै क्लबले खेलाडिहरुलाई भुक्तानी गरेको छ त ?’

नेपाली फुटबलमा पछिल्लो समय भएको गतिविधिबाट सन्तुष्ट नरहेका विशाल पनि विदेश पलायन हुने सोचमा छन् ।

 

Bajaj Pulsar Motorcycle Ad
‘एन्फाको राजनीतिमा जहिल्यै खेलाडीहरु मर्नुपर्ने ?’

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

‘सेफ जोन’को सम्झौता :  एन्फा र क्लब दुवैको आत्मसमर्पण

‘सेफ जोन’को सम्झौता : एन्फा र क्लब दुवैको आत्मसमर्पण

सय दिनमा सम्भव छ दशौं राष्ट्रिय खेलकुद ?

सय दिनमा सम्भव छ दशौं राष्ट्रिय खेलकुद ?

म्याट रस : ठूलो सपना देखाउने प्रशिक्षकको छोटो यात्रा

म्याट रस : ठूलो सपना देखाउने प्रशिक्षकको छोटो यात्रा

Bajaj Pulsar Motorcycle Ad
एट्लेटिकोको प्रभावशाली जित

एट्लेटिकोको प्रभावशाली जित

 डे भेनले ९० मिटरबाट दौडिँदै गरे अद्भुत गोल

डे भेनले ९० मिटरबाट दौडिँदै गरे अद्भुत गोल

बायर्नले पीएसजीलाई चखायो हार

बायर्नले पीएसजीलाई चखायो हार

सान्त्वना जितको खोजीमा नेपाल

सान्त्वना जितको खोजीमा नेपाल

लिभरपुलसँग रियल पराजित

लिभरपुलसँग रियल पराजित

रश्मिको ह्याट्रिकसँगै एपीएफ सेमिफाइनलमा

रश्मिको ह्याट्रिकसँगै एपीएफ सेमिफाइनलमा

टाइब्रेकरमा झापा ११ पराजित, एनआरटी सेमिफाइनलमा

टाइब्रेकरमा झापा ११ पराजित, एनआरटी सेमिफाइनलमा

अश्विनले बीबीएलको डेब्यु खेल गुमाए

अश्विनले बीबीएलको डेब्यु खेल गुमाए