हारबाट जोगियो बायर्न
बुधबार, माघ ११, २०७९खेलपाटी संवाददाता

काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिख बराबरीमा रोकिएको छ ।
मंगलबार राति भएको खेलमा बायर्नले एफसी कोल्नसँग १-१ गोलको बराबरी खेलेको हो ।
खेलको ९० औं मिनेटमा जोसुवा किमिचले गोल गरेपछि बायर्न हारबाट जोगिएको हो ।
त्यसअघि खेलको चौंथो मिनेटमा एल्य्स स्खिरीले गोल गर्दै कोल्नलाई सुरुआती अग्रता दिलाएका थिए ।
यस बराबरीसँगै बायर्नले १७ खेलमा ३६ अंक जोडेको छ ।
बायर्न शीर्ष स्थानमा यथावत रहेको छ ।
कोल्न २१ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।
हारबाट जोगियो बायर्न









-1763473683107.jpeg&w=3840&q=75)
-1763457989968.jpeg&w=3840&q=75)


-1763450218248.jpg&w=3840&q=75)
