असिमले गरे फ्रेन्ड्ससँगको सम्झौता नवीकरण
मंगलबार, १० माघ २०७९खेलपाटी संवाददाता

काठमाडौं । डिफेन्डर असिम भुसालले सहिद स्मारक 'ए' डिभिजन लिग क्लब फ्रेन्ड्ससँगको सम्झौता नवीकरण गरेको छ।
फ्रेन्ड्सले मंगलबार डिफेन्डर असिमले सम्झौता नवीकरण गरेको जनाएको छ ।
फ्रेन्ड्सले नयाँ सिजनको 'ए' डिभिजन लिगका लागि असिमलाई क्लबमै राखेको हो ।
नयाँ सिजनको 'ए' डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ । लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ ।
फ्रेन्ड्सले नवप्रवेशी एफसी खुमलटारसँग खेल्दै नयाँ सिजनको सुरुआत गर्नेछ ।
फ्रेन्ड्सले यस अघि गोलकिपर विशाल सुनार र फरवार्ड राजेश परियारलाई अनुबन्ध गरेको थियो ।
असिमले गरे फ्रेन्ड्ससँगको सम्झौता नवीकरण







-1775701512962.webp&w=3840&q=75)





-1775698893190.webp&w=3840&q=75)