स्ट्राइकर डुरान एस्टनमा
मंगलबार, माघ १०, २०७९खेलपाटी संवाददाता

काठमाडौं । प्रिमियर लिग क्लब एस्टन भिल्लाले स्ट्राइकर जोन डुरानलाई अनुबन्ध गरेको छ ।
एस्टनले सिकागो फायरबाट स्ट्राइकर डुरानलाई अनुबन्ध गरेको हो ।
१९ वर्षीय कोलम्बियन स्ट्राइकरलाई एस्टनले १८ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो ।
डुरानले सिकागोका लागि २८ खेलमा ८ गोल गरेका थिए ।
कोलम्बियाका लागि उनले ३ खेल खेलिसकेका छन् ।
मुख्य प्रशिक्षक उनाइ इम्रीको नेतृत्वमा एस्टनले दोस्रो खेलाडीको रुपमा उनलाई अनुबन्ध गरेको हो ।
यसअघि एस्टनले एलेक्स मोरेनोलाई अनुबन्ध गरेको थियो ।
स्ट्राइकर डुरान एस्टनमा









-1763473683107.jpeg&w=3840&q=75)
-1763457989968.jpeg&w=3840&q=75)


-1763450218248.jpg&w=3840&q=75)
