डिफेन्डर जाकब आर्सनलमा अनुबन्धित
मंगलबार, माघ १०, २०७९खेलपाटी संवाददाता

काठमाडौं । प्रिमियर लिगको लिग लिडर आर्सनलले डिफेन्डर जाकब किवियरलाई अनुबन्ध गरेको छ ।
आर्सनलले पोल्याण्डका डिफेन्डरलाई इटालियन क्लब स्पेजियाबाट अनुबन्ध गरेको हो।
आर्सनलले २० मिलियन युरोमा उनलाई अनुबन्ध गरेको हो ।
उनले आर्सनलसँग २०२७ सम्मको सम्झौता गरेका छन् ।
उनले आर्सनलमा १५ नम्बरको जर्सी लगाउने छन् ।
२२ वर्षीय डिफेन्डरले पोल्याण्डका लागि ९ खेल खेलिसकेका छन् ।
कतार विश्वकपमा उनले ४ खेल खेलेका थिए ।
आर्सनलले यस अघि बेल्जियमका फरवार्ड लियान्द्रो ट्रासोर्डलाई अनुबन्ध गरिसकेको छ ।
उपाधि होडमा रहेको आर्सनलले प्रिमियर लिग प्रतिद्वन्दी ब्राइटनबाट ट्रासोर्डलाई अनुबन्ध गरेको हो ।
डिफेन्डर जाकब आर्सनलमा अनुबन्धित









-1763473683107.jpeg&w=3840&q=75)
-1763457989968.jpeg&w=3840&q=75)


-1763450218248.jpg&w=3840&q=75)
