इन्टर पराजित
मंगलबार, माघ १०, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इटालियन सिरी ए फुटबलमा इन्टर मिलान पराजित भएको छ ।
सोमबार राति भएको खेलमा इन्टरलाई इम्पोलीले १-० गोल अन्तरले हराएको हो ।
इम्पोलीको जितमा टोमासो बल्दान्जीले ६६ औं मिनेटमा निर्णायक गोल गरे ।
यस्तै खेलको ४० औं मिनेटमा मिलान स्क्रिनियरले रातो कार्ड पाएपछि इन्टर १० खेलाडीमा समेटिएको थियो ।
जितसँगै इम्पोलीले १९ खेलमा २५ अंक जोडेको छ ।
इम्पोली नवौं स्थानमा रहेको छ ।
इन्टर ३७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
इन्टर पराजित









-1763473683107.jpeg&w=3840&q=75)
-1763457989968.jpeg&w=3840&q=75)


-1763450218248.jpg&w=3840&q=75)
