केनको गोलमा टोटेनहम विजयी
मंगलबार, १० माघ २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले फुलहमलाई हराएको छ ।
सोमबार राति भएको खेलमा टोटेनहमले फुलहमलाई १-० गोल अन्तरले हराएको हो ।
टोटेनहमको जितमा ह्यारी केनले निर्णायक गोल गरे ।
केनले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका हुन् ।
टोटेनहमका लागि केनको यो २६६ औं गोल हो ।
केनले टोटेनहमका लागि सर्वाधिक गोल गर्ने जिम्मी ग्रेभ्सको कीर्तिमानसँग बराबरी समेत गरेका छन् ।
जितसँगै टोटेनहमले २१ खेलमा ३६ अंक जोडेको छ ।
टोटेनहम पाँचौं स्थानमा रहेको छ ।
फुलहम ३१ अंक जोडे सातौं स्थानमा रहेको छ ।
केनको गोलमा टोटेनहम विजयी












-1770628505169.jpg&w=3840&q=75)
