लाम्पार्ड बर्खास्त
सोमबार, माघ ९, २०७९खेलपाटी संवाददाता

काठमाडौं । प्रिमियर लिग क्लब एभर्टनले मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्डलाई बर्खास्त गरेको छ ।
प्रिमियर लिगमा टोलीले निरन्तर खराब प्रदर्शन गरेपछि एभर्टनले लाम्पार्डलाई बर्खास्त गरेको डेलीमेलले जनाएको छ ।
एभर्टन यस सिजन प्रिमियर लिगको रेलिगेसन क्षेत्रमा रहेको छ ।
शनिबार मात्र एभर्टन वेस्ट ह्यामसँग २-० ले पराजित भएको थियो ।
लाम्पार्डको नेतृत्वमा एभर्टनले खेलेको सबैखाले प्रतियोगिताको ९ खेलमा ८ हार व्यहोरेको छ ।
एभर्टन १५ अंक जोडेर १९ औं स्थानमा रहेको छ ।
राफायल बेनिटेज बर्खास्त भएपछि इंग्ल्यान्डका पूर्व मिडफिल्डर लाम्पार्ड एभर्टनको मुख्य प्रशिक्षक नियुक्त भएका थिए।
४३ वर्षीय लाम्पार्डले एभर्टनसँग साढे दुई वर्षको सम्झौता गरेका थिए ।
तर, सम्झौता नसकिदै उनी बर्खास्तमा परेका हुन् ।
लाम्पार्ड बर्खास्त









-1763473683107.jpeg&w=3840&q=75)
-1763457989968.jpeg&w=3840&q=75)


-1763450218248.jpg&w=3840&q=75)
