भक्तपुर कप फुटबलको दोस्रो संस्करण फागुनमा

काठमाडौं । भक्तपुर कप फुटबल प्रतियोगिताको दोस्रो संस्करण फागुनको पहिलो साता आयोजना हुने भएको छ । आयोजक भक्तपुर युवा टीमले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको दोस्रो संस्करण आयोजना हुने जानकारी गराएको हो ।
पहिलो संस्करणको सफलतासँगै भक्तपुर युवा टिमले प्रतियोगिताको दोस्रो संस्करण फागुन ५ गतेदेखि १३ गतेसम्म आयोजना गर्ने जानकारी गराएको छ । प्रतियोगिताका खेल महेश्वरी खेल मैदान भक्तपुरमा सञ्चालन गरिने बताईएको छ । प्रतियोगिताको विजेताले १ लाख २५ हजार र उपविजेताले ६० हजार रुपैयाँ प्राप्त गर्ने पत्रकार सम्मेलनमा जानकारी गराईयो ।
भक्तपुर युवा टिमका अध्यक्ष केशव त्वानाबासुले भक्तपुरमा फुटबलमय वातावरण सिर्जना गर्ने उद्धेश्य अनुरुप दोस्रो संस्करणको प्रतियोगिता गर्ने निष्कर्शमा आयोजक टिम पुगेको बताए । उनले प्रतियोगितालाई सफल बनाउन गत वर्ष जस्तै सबै क्षेत्रबाट सहयोगको अपेक्षा रहेको उल्लेख गरे ।

भक्तपुरको खेलकुद र सामाजिक कार्यलाई प्रभावकारी बनाउन भक्तपुर युवा टिम गठन भएको छ । टिमले गत वर्ष खुल्ला भक्तपुर कप फुटबल प्रतियोगिताको आयोजना गरेको थियो ।









-1763473683107.jpeg&w=3840&q=75)
-1763457989968.jpeg&w=3840&q=75)


-1763450218248.jpg&w=3840&q=75)
