• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
एसियन गेम्समा खेल संख्या थपिने 
खेलपाटी संवाददाता
सोमबार, माघ ९, २०७९ खेलपाटी संवाददाता
एसियन गेम्समा खेल संख्या थपिने 

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आसन्न एसियन गेम्समा खेल संख्या थप्ने तयारी गरेको छ । यस वर्ष चीनको हाङझावमा आयोजना हुने प्रतियोगितामा नेपालले केही खेल संख्या थप्ने भएको हो ।

राखेपको बोर्ड बैठकले आसन्न एसियन गेम्समा २३ खेल समावेश गर्ने निर्णय गरेको थियो । घरेलु प्रतियोगिता, अन्तराष्ट्रिय नतिजा, खेलाडीको प्रर्दशन र नतिजाको सम्भावनाका आधारमा राखेपले २३ खेललाई आसन्न एसियाडमा सहभागी गराउने निर्णय गरेको थियो । सोही अनुसार राखेपले एसियाडमा सहभागी हुने खेल र खेलाडीको बन्द प्रशिक्षण सुरु गरेर प्रतियोगिताको तयारी थालेको थियो ।

चीनमा आयोजना हुने भनिएको प्रतियोगिता कोभिडका कारण एक वर्षपछि सरेपछि राखेपले समेत केही खेल संख्या थप्ने तयारी गरेको हो । एसियन गेम्स सहित अन्तराष्ट्रिय प्रतियोगिताको तयारीका लागि भन्दै राखेपले हाइ पर्फमेन्स कमिटी गठन गरेको थियो । कमिटीकै सुझावका आधारमा राखेपले २३ खेलको छनोट गरेको थियो ।

‘तत्कालिन समयमा खेलको सम्भावनाका आधारमा २३ खेल छनोट गरेको थियौं । तर पछिल्लो समय राम्रो देखिएका र नतिजा ल्याएका केही खेललाई समावेश गर्नुपर्छ भन्ने निष्कर्शमा पुगेका छौं । एसियन गेम्समा केही खेलको संख्या बढ्ने देखिन्छ ।’ हाइ पर्फमेन्स कमिटीका सदस्य एवंम नेपाल ओलम्पिक कमिटीका महासचिव निरेन्द्रराज श्रेष्ठले खेलपाटीसँग भने ।

गत कात्तिममा भएको नवौं राष्ट्रिय खेलकुद र पछिल्लो समय अन्तराष्ट्रिय रुपमा सफल देखिएको इ स्पोर्टसको सम्भावनालाई हेरेर केही खेलको संख्या थप्ने तयारी गरिएको हो । श्रेष्ठका अनुसार टेनिस, स्क्वास, रग्बी, इ स्पोर्टस लगायतका केही खेललाई एसियन गेम्समा लैजाने गरि गृहकार्य अघि बढेको छ ।

‘हामीले एसियन गेम्समा जान सक्ने सम्भावना बोकेका खेल संघका पदाधिकारीलाई बोलाएर छलफल गरेका छौं ।’ श्रेष्ठले भने, ‘एसियन गेम्समा तपाईको खेललाई किन लैजाने र सम्भावना के छ भनेर कुराकानी गरेका छौं । घरेलु गतिविधि, अन्तराष्ट्रिय सहभागीता, खेलाडीको नतिजालाई आधार बनाएर केही खेल थप्ने तयारी छ ।’

राखेपले माघको तेस्रो सातादेखि एसियन गेम्सको तयारी अघि बढाउने निर्णय गरेको छ । सम्भावित २३ खेलको नियमित प्रशिक्षण ९० दिन सञ्चालन गर्ने गरि तयारी अघि बढेको हो । नियमित प्रशिक्षणसँगै विशेष, बन्द र वैदेशिक प्रशिक्षणको काम अघि बढाउने राखेपको तयारी छ । एसियन गेम्स चीनमा यही वर्षको सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म आयोजना हुदैछ ।

राखेपले आसन्न एसियन गेम्समा तेक्वान्दो, कराँते, बक्सिङ, एथलेटिक्स, साईक्लिङ, महिला फुटबल, गल्फ, कुस्ती, भारत्तोलन, जुडो, पौडी, ट्रायथलन, उसु, आर्चरी, बास्केटबल, महिला कबड्डी, फेन्सिङ, महिला ह्यान्डबल, महिला भलिबल, पुरुष भलिबल, पुरुष क्रिकेट, सुटिङ, ब्याडमिन्टन र टेबल टेनिस सहभागी गराउने निर्णय गरिसकेको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
पुलिसको जितमा समीरको ह्याट्रिक
पुलिसको जितमा समीरको ह्याट्रिक
भोलि फर्किँदै महिला टोली
भोलि फर्किँदै महिला टोली
मुसियाला लामो समय मैदान बाहिर रहने
मुसियाला लामो समय मैदान बाहिर रहने
ओडिआई वरीयतामा नेपाल यथावत्
ओडिआई वरीयतामा नेपाल यथावत्
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP