एनकेटीहको गोल सुन्दर क्षण - अर्टेटा

काठमाडौं । इंग्लिस क्लब आर्सनलका मुख्य प्रशिक्षक मिकेल अर्टेटाले म्यानचेस्टर युनाईटेडविरुद्ध एड्डी एनकेटीहले गरेको निर्णायक गोल सुन्दर क्षण भएको बताएका छन् ।
इमिरेट्स स्टेडियममा आइतबार राति आर्सनलले युनाईटेडविरुद्ध ३-२ गोलको रोमान्चक जित निकालेको थियो । जसमा एनकेटीहले इन्जुरी समयमा निर्णायक गोल गरेका थिए ।
'मैले साच्चै रमाईलो गरे । अन्तमा यो सुन्दर क्षण थियो र हामी हाम्रा मानिसहरूसँग थियौं, यो सुन्दर थियो,' अर्टेटाले भने।
खेलको १७ औं मिनेटमा मार्कस राषफोर्डले गोल गर्दै युनाईटेडलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको २४ औं मिनेटमा एड्डी एनकेटीहले गोल गर्दै आर्सनललाई १-१ गोलको बराबरीमा ल्याए ।
खेलको ५३ औं मिनेटमा बुकायो साकाले गोल गर्दै आर्सनललाई २-१ को अग्रता दिलाए ।
तर, खेलको ५९ औं मिनेटमा लिसान्द्रो मार्टिनेजले गोल गर्दै युनाईटेडलाई २-२ को बराबरीमा ल्याए ।
त्यसपछि खेलको इन्जुरी समयमा एनकेटीहले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई ३-२ को जित दिलाएका थिए ।









-1763473683107.jpeg&w=3840&q=75)
-1763457989968.jpeg&w=3840&q=75)


-1763450218248.jpg&w=3840&q=75)
