खनालको नेतृत्वमा प्रदेश रेफ्री संघ गठन

इलाम । मोरङका मधुसुदन खनालको अध्यक्षतामा प्रदेश फुटबल रेफ्री संघ १ नं प्रदेशको गठन भएको छ ।
तदर्थ समितिको बरिष्ठ उपाध्यक्षमा पाँचथरका सन्तोष राई, उपाध्यक्ष भोजपुरका संजय श्रेष्ठ, ताप्लेजुङका दिपेश लिम्बु र महिला उपाध्यक्ष संखुवासभाकी उमा श्रेष्ठ रहेका छन् ।
महासचिवमा झापाका प्रदिप बस्नेत र सचिवमा उदयपुरका पंकज चौधरी र कोषाध्यक्षमा सुनसरीका यसराज राई चयन भएका छन् ।
सदस्यहरुमा धनकुटाका सन्देश श्रेष्ठ, तेह्रथुमका सुमन खापुङ, इलामका सुरेश बुर्जा मगर, खोटाङका बिजय राई, मोरङका विक्रम कार्की र सुनसरीका दिवाकर पौडेल र झापाका लोकराज ढुङ्गाना रहेका छन् ।
महिला सदस्यमा मोरङकी जमुना आले र सुनसरीकी सरिता मगर रहेका छन् ।
सल्लाहकारमा पूर्व फिफा रेफ्री मोरङका किरण गिरी र सुनसरीका अम्बर बहादुर पोखरेल (किरण) रहेका छन् । एन्फाका मानार्थ बरिष्ठ उपाध्यक्ष तथा प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईको प्रमुख आतिथ्यता तथा एन्फा प्रवक्ता सुरेश शाहको विशेष आतिथ्यतमा रेफ्री संघ गठन गरिएको हो ।
कार्यक्रममा सुनसरी जिल्ला खेलकुद बिकास समिती अध्यक्ष दिपक राई,मोरङ जिल्ला फुटबल संघका अध्यक्ष सन्जिव बुढाथोकी, पूर्ब फिफा रेफ्रि किरण गिरी, अम्बर बहादुर पोख्रेल लगायतको आतिथ्यता रहेको थियो ।









-1763473683107.jpeg&w=3840&q=75)
-1763457989968.jpeg&w=3840&q=75)


-1763450218248.jpg&w=3840&q=75)
