युभेन्ट्स र एट्लान्टाको बराबरी

काठमाडौं । इटालियन सिरी 'ए' फुटबलमा युभेन्ट्सले एट्लान्टासँग बराबरी खेलेको छ ।
आइतबार राति भएको खेलमा युभेन्ट्स र एट्लान्टाले ३-३ गोलको बराबरी खेलेको हो ।
खेलको चौंथो मिनेटमा एडमोला लुकम्यानले गोल गर्दै एट्लान्टालाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको २५ औं मिनेटमा एन्जल डी मारियाले पेनाल्टीबाट गोल गर्दै युभेन्ट्सलाई १-१ गोलको बराबरीमा ल्याए ।
३४ औं मिनेटमा आर्काडुइज मिलिकले गोल गर्दै युभेन्ट्सलाई २-१ को अग्रता दिलाए ।
खेलको ४६ औं मिनेटमा जोकाकिमले गोल गर्दै एट्लान्टालाई २-२ को बराबरीमा ल्याए ।
लुकम्यानले ५३ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै एट्लान्टालाई ३-२ को अग्रता दिलाए ।
तर, खेलको ६५ औं मिनेटमा डानिलोले गोल गर्दै युभेन्ट्सलाई ३-३ गोलको बराबरीमा ल्याए ।
यस बराबरीसँगै युभेन्ट्सले १३ खेलमा २३ अंक जोडेको छ ।
युभेन्ट्स नवौं स्थानमा रहेको छ ।
एट्लान्टा ३५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।









-1763473683107.jpeg&w=3840&q=75)
-1763457989968.jpeg&w=3840&q=75)


-1763450218248.jpg&w=3840&q=75)
