रियलको सहज जित
सोमबार, माघ ९, २०७९खेलपाटी संवाददाता

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सहज जित निकालेको छ ।
आइतबार राति भएको खेलमा रियलले एथ्लेटिक बिल्बाओलाई २-० गोल अन्तरले हराएको हो ।
रियलको जितमा करिम बेन्जिमा र टोनी क्रुसले एक एक गोल गरे ।
खेलको २४ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको इन्जुरी समयमा टोनीले गोल गर्दै रियललाई २-० को जित दिलाए ।
यस जितसँगै रियलले १७ खेलमा ४१ अंक जोडेको छ ।
रियल दोस्रो स्थानमा रहेको छ ।
बिल्बाओ २६ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
रियलको सहज जित









-1763473683107.jpeg&w=3840&q=75)
-1763457989968.jpeg&w=3840&q=75)


-1763450218248.jpg&w=3840&q=75)
