बार्सिलोनाको जितमा पेड्रीको गोल
आइतबार, ०८ माघ २०७९खेलपाटी संवाददाता

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा लिग लिडर बार्सिलोनाले जित निकालेको छ ।
आइतबार राति भएको खेलमा बार्सिलोनाले गेटाफेलाई १-० गोल अन्तरले हराएको हो ।
बार्सिलोनाको जितमा पेड्रीले निर्णायक गोल गरे ।
खेलको ३५ औं मिनेटमा राफिन्हाको पासमा पेड्रीले गोल गरेका हुन् ।
पेड्रीको यो सिजनको पाँचौं गोल हो ।
यस जितसँगै बार्सिलोनाले १७ खेलमा ४४ अंक जोडेको छ ।
बार्सिलोना शीर्ष स्थानमा कायम रहेको छ ।
गेटाफे १७ अंक जोडेर लिगको १६ औं स्थानमा रहेको छ ।
बार्सिलोनाको जितमा पेड्रीको गोल













-1770628505169.jpg&w=3840&q=75)