युनाईटेडमाथि आर्सनलको रोमान्चक जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलले रोमान्चक जित निकालेको छ ।
आइतबार राति भएको खेलमा आर्सनलले म्यानचेस्टर युनाईटेडमाथि ३-२ गोलको रोमान्चक जित निकालेको हो ।
इमिरेट्स स्टेडियममा भएको खेलमा सुरुआती अग्रता युनाईटेडले बनाएको थियो ।
खेलको १७ औं मिनेटमा मार्कस राषफोर्डले गोल गर्दै युनाईटेडलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको २४ औं मिनेटमा एड्डी एनकेटीहले गोल गर्दै आर्सनललाई १-१ गोलको बराबरीमा ल्याए ।
खेलको ५३ औं मिनेटमा बुकायो साकाले गोल गर्दै आर्सनललाई २-१ को अग्रता दिलाए ।
तर, खेलको ५९ औं मिनेटमा लिसान्द्रो मार्टिनेजले गोल गर्दै युनाईटेडलाई २-२ को बराबरीमा ल्याए ।
त्यसपछि खेलको इन्जुरी समयमा एनकेटीहले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई ३-२ को जित दिलाए ।
जितसँगै आर्सनलले १९ खेलमा ५० अंक जोडेको छ ।
आर्सनल शीर्ष स्थानमा यथावत रहेको छ ।
युनाईटेड २० खेलमा ३९ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।









-1763473683107.jpeg&w=3840&q=75)
-1763457989968.jpeg&w=3840&q=75)


-1763450218248.jpg&w=3840&q=75)
