सिटीको जितमा हालाण्डको ह्याट्रिक
आइतबार, माघ ८, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले जित निकालेको छ ।
आइतबार राति भएको खेलमा सिटीले उल्भ्सलाई ३-० गोल अन्तरले हराएको हो ।
सिटीको जितमा एर्लिङ हालाण्डले ह्याट्रिक गरे ।
खेलको ४० औं मिनेटमा हालाण्डले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए ।
५० औं मिनेटमा हालाण्डले पेनाल्टीबाट गोल गर्दा सिटीको अग्रता दोब्बर बन्यो ।
त्यसपछि खेलको ५४ औं मिनेटमा हालाण्डले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गर्दा सिटीले ३-० को जित निकालेको हो ।
हालाण्डको यो प्रिमियर लिगमा चौंथो ह्याट्रिक हो ।
जितसँगै सिटीले २० खेलमा ४५ अंक जोडेको छ ।
दोस्रो स्थानको सिटीले लिग लिडर आर्सनलविरुद्धको अंक दुरी समेत घटाएको छ ।
उल्भ्स १७ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।
सिटीको जितमा हालाण्डको ह्याट्रिक









-1763473683107.jpeg&w=3840&q=75)
-1763457989968.jpeg&w=3840&q=75)


-1763450218248.jpg&w=3840&q=75)
