डिफेन्डर डसन उल्भ्समा अनुबन्धित
आइतबार, ०८ माघ २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब उल्भ्सले डिफेन्डर क्रेग डसनलाई अनुबन्ध गरेको छ ।
उल्भ्सले वेस्ट ह्यामबाट ३.३ मिलियन पाउण्डमा डसनलाई अनुबन्ध गरेको हो ।
इंग्ल्यान्डका डसनले उल्भ्ससँग साढे दुई वर्षको सम्झौता गरेका छन् ।
३२ वर्षीय डसन दुई सिजन वेस्ट ह्याममा बिताएर उल्भ्स आएका हुन् ।
सेन्टर ब्याक डसनले प्रिमियर लिगमा २ सय ४६ खेल खेलेका थिए ।
डसनले वेस्ट ह्यामका लागि ८७ खेलमा ५ गोल गरेका छन् ।
डिफेन्डर डसन उल्भ्समा अनुबन्धित













-1770628505169.jpg&w=3840&q=75)