आइतबार, २५ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

कराँतेको नेतृत्व लिन युवराज लामालाई प्रस्ताव

आइतबार, ०८ माघ २०७९खेलपाटी संवाददाता
कराँतेको नेतृत्व लिन युवराज लामालाई प्रस्ताव
mustang rice ad

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेपले नेपाल कराँते महासंघको नेतृत्व लिन पूर्व सदस्य सचिव युवराज लामालाई प्रस्ताव गरेको छ । राष्ट्रिय खेलकुद विकास ऐन अनुसार राष्ट्रिय खेल संघलाई निर्वाचनमा लैजाने तयारी गरेको राखेपले पूर्व सदस्य सचिव लामालाई कराँतेको नेतृत्वका लागि प्रस्ताव गरेको हो ।  

राष्ट्रिय र अन्तराष्ट्रिय मान्यताका आधारमा विभाजित कराँतेको अवस्था नेपालमा दयनिय छ । संघभित्रको अराजकता र अनियमितताले अन्तराष्ट्रिय रुपमा सफल खेल मध्यको एक कराँते भद्रगोल अवस्थाबाट गुज्रिरहेको छ । महासंघले अन्तराष्ट्रिय रुपमा आवश्यक समन्वय र आर्थिक अनुशासन नदेखाउँदा नेपाली खेलाडीले आधिकारिक एसियाली र विश्व च्याम्पियनसिपका प्रतियोगिताबाट खेल्न बञ्चित हुँदै आउनु परेको छ । 

नयाँ ऐन अनुसार संघलाई निर्वाचनमा लैजाने गृहकार्य गरिरहेका राखेप सदस्य सचिव टंकलाल घिसिङले कराँतेको नेतृत्वका लागि लामालाई प्रस्ताव गरेका छन् । उनले कराँते जस्तो राष्ट्रिय गौरवको खेलको नेतृत्व लिएर यसलाई चलायमान र नतिजामुखी बनाउने अभियानमा सहयोग गर्न पूर्व सदस्य सचिव लामालाई अनुरोध गरेका छन् । राखेप स्रोतका अनुसार लामाको संयोजकत्वमा तदर्थ कमिटी गरेर निर्वाचनमार्फत संघको नेतृत्वमा लामालाई ल्याउने गृहकार्य भैरहेको छ । 

‘चार वर्षअघि दुई वटा संघका पदाधिकारीमा सहमती कायम गर्दै तदर्थ कमिटी गठन गरिएको छ । तर तीन महिनाभित्र निर्वाचन गर्ने म्यानडेट पाएको कमिटीले निर्वाचन गर्नै सकेन ।’ सदस्य सचिव निकट एक खेल पदाधिकारीले खेलपाटीसँग भने, ‘कराँते जस्तो अन्तराष्ट्रिय रुपमा सफल खेलको नेतृत्व पूर्व सदस्य सचिवले लगिदिए हुन्थ्यो भन्ने प्रयास सदस्य सचिवको छ । सहमतीमार्फत तदर्थ कमिटी गठन गरेर चाँडै घोषणा हुने सम्भावना छ ।’ 

राखेपले नेतृत्वका लागि प्रस्ताव गरेपनि लामाले भने स्पष्ट जवाफ दिएका छैनन् । तर राखेप लामाकै नेतृत्वमा कराँते महासंघको पुनर्गठन गर्ने गृहकार्यमा जुटेको छ । लामा भने कराँतेका सिनियर लिडर सहित खेलकुदका उच्च पदस्थ पदाधिकारीसँग परामर्शमा छन् । 

युवराज लामा राखेपका पूर्व सदस्य सचिवमात्र नभएर कराँतेका संस्थापक नेतृत्वकर्ता पनि हुन् । उनी कराँतेका पूर्व राष्ट्रिय खेलाडी र प्रशिक्षक समेत हुन् । उनले पहलमा तत्कालिन समयमा ठुलो लगानीमा सातदोबाटोमा कराँतेको प्रशिक्षण हल तयार भएको थियो । 

अन्तराष्ट्रिय रुपमा सफल खेलको परिचय बनाएको कराँते नेपालमा भने सधै विवाद र कुशासनको घेरामा रह्यो । राष्ट्रिय र अन्तराष्ट्रियताको विवादसँगै कराँतेको बेल्ट बेच्नेदेखि विदेशमा मान्छे लगेर छाड्नेसम्मको आरोप कराँतेका पदाधिकारीमाथि लाग्दै आएको छ । 

चार वर्षअघि युवा तथा खेलकुद मन्त्रालयले गठन गरेको संघको विवाद समाधान तथा समस्या सहजीकरण समितिले अस्तित्वमा रहेका दुवै कराँते संघलाई नयाँ निर्वाचनमार्फत विवाद समाधानका लागि सहमती गराएको थियो । तत्कालिन उपाध्यक्ष पिताम्बर तिम्सिना नेतृत्वको समितिले शम्भु आचार्यको संयोजकत्वमा २१ सदस्यीय तदर्थ कमिटी गठन गरेको थियो । तर समितिले तीन महिनाभित्र निर्वाचन गर्ने म्यानडेट पाएपनि काम गर्न सकेन । सम्बन्धित संघ विवादमै अल्झिदाँ अन्तराष्ट्रिय रुपमा समेत कराँतेको नतिजा खस्किन सुरु भएको छ। 

कराँतेमा नयाँ नेतृत्व ल्याएर खेललाई चलायमान र नतिजामुखी बनाउने उद्धेश्यका साथ राखेपले आन्तरिक गृहकार्य सुरु गरेको हो । नयाँ ऐनको व्यवस्था अनुसार राखेपले लामाको नेतृत्वमा कराँते महासंघको पुनर्गठनको तयारी थालेको हो । 

राखेप पूर्व सदस्य सचिव लामाले कराँते महासंघको नेतृत्वका लागि आफुलाई राखेपबाट प्रस्ताव आएको स्विकार गरे । ‘राखेप र कराँतेभित्रकै साथीहरुबाट नेतृत्वका लागि प्रस्ताव र अनुरोध आएको छ ।’ उनले खेलपाटीसँग भने, ‘प्रस्तावलाई मध्यबिन्दुमा बसेर हेरिरहेको छु । अहिल्यै केही जवाफ फर्काएको छैन ।’

राखेपका पूर्व सदस्य सचिव हुन् । उनलाई तत्कालिन नेकपा माओवादी नेतृत्वले  राखेपको सदस्य सचिवको जिम्मेवारी दिएको थियो । लामालाई खेलकुदमा सफल सदस्य सचिवको रुपमा लिईन्छ । वर्षभरी राष्ट्रिय टिमको तयारी, खेलकुदको पूर्वाधार निर्माण, खेलकुद संघलाई चलायनमान बनाउने, तदर्थवादमा चलेका संघलाई निर्वाचनमा लैजाने लगायतको काम गरेका थिए । सदस्य सचिवबाट बिदा भएपछि लामा भने मोफसलमा बसेर पर्यटन र व्यवसायमा सक्रिय रहदै आएका छन् । 

खेलपाटीसँग कुरा गर्दै लामाले कराँतेका सरोकारवाला निकायबाट खेल विकासको सन्दर्भमा प्रतिबद्धता आएको खण्डमा आफु नेतृत्वका लागि तयार रहेको बताए ।

‘कराँतेको नेतृत्वका लागि प्राविधिक रुपमा प्रस्ताव गर्दा नाई भन्दिन । तर राजनीतिक रुपमा दिने जिम्मेवारी लग्दिन । टिम राम्रो भए, कराँतेलाई अभियानको रुपमा सञ्चालन गर्ने सर्वसहमती जुट्छ भने तयार छु ।’ उनले भने, तर नियमनकारी निकाय राखेप र ओलम्पिकको राजनीतिमा परेको कराँतेमा बसेर मलाई थप राजनीति गर्न भने छैन ।’ 

LiNing Ad
#कराँते #युवराज लामा

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

Bajaj Pulsar Motorcycle Ad
‘नेपाली समर्थकले हामीमाथि गर्व गर्नेछ’

‘नेपाली समर्थकले हामीमाथि गर्व गर्नेछ’

अन्तिम बलमा नेपालकाे हार

अन्तिम बलमा नेपालकाे हार

ब्रुक र ज्याकबको अर्धशतकसँगै नेपाललाई विशाल लक्ष्य

ब्रुक र ज्याकबको अर्धशतकसँगै नेपाललाई विशाल लक्ष्य

सेफर्टको अर्धशतकसँगै न्युजिल्यान्डको सानदार सुरुआत

सेफर्टको अर्धशतकसँगै न्युजिल्यान्डको सानदार सुरुआत

फेरि ‘डार्क हर्स’  बन्ला अफगानिस्तान ?

फेरि ‘डार्क हर्स’ बन्ला अफगानिस्तान ?

दोस्रो जितको खोजिमा पुलिस

दोस्रो जितको खोजिमा पुलिस

नेपाल भर्सेस इङ्ल्यान्ड : दबाबमा कप्तान ह्यारी ब्रुक !

नेपाल भर्सेस इङ्ल्यान्ड : दबाबमा कप्तान ह्यारी ब्रुक !

बलिङमा चल्यो, ब्याटिङमा चल्न सकेन अमेरिका

बलिङमा चल्यो, ब्याटिङमा चल्न सकेन अमेरिका