फरवार्ड राजेश फ्रेन्ड्समा अनुबन्धित
आइतबार, माघ ८, २०७९खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग क्लब फ्रेन्ड्सले फरवार्ड राजेश परियारलाई अनुबन्ध गरेको छ ।
फ्रेन्ड्सले आइतबार सामाजिक संजालबाट फरवार्ड राजेशलाई अनुबन्ध गरिएको जनाएको छ ।
फ्रेन्ड्सले नयाँ सिजनको 'ए' डिभिजन लिगका लागि राजेशलाई पहिलो खेलाडीको रुपमा अनुबन्ध गरेको हो ।
राजेशले अघिल्लो सिजन न्युरोड टिम (एनआरटी) क्लबबाट खेलेका थिए ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्दा नेपाली टोलीमा रहेका राजेशसँग भारतको एआरए एफसी अहमदाबादबाट भारतको 'बी' डिभिजनको आई लिग खेलेको अनुभव रहेको छ ।
नयाँ सिजनको 'ए' डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ । लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ ।
फ्रेन्ड्सले नवप्रवेशी एफसी खुमलटारसँग खेल्दै नयाँ सिजनको सुरुआत गर्नेछ ।

राजेश फ्रेन्ड्समा अनुबन्धित









-1763473683107.jpeg&w=3840&q=75)
-1763457989968.jpeg&w=3840&q=75)


-1763450218248.jpg&w=3840&q=75)
