डिफेन्डर किवियर अनुबन्ध गर्दै आर्सनल
आइतबार, माघ ८, २०७९खेलपाटी संवाददाता

काठमाडौं । प्रिमियर लिगको लिग लिडर आर्सनलले डिफेन्डर जाकब किवियरलाई अनुबन्ध गर्ने भएको छ ।
आर्सनलले पोल्याण्डका डिफेन्डरलाई इटालियन क्लब स्पेजियाबाट अनुबन्ध गर्न लागेको हो ।
आर्सनलले २० मिलियन पाउण्डमा उनलाई अनुबन्ध गर्न लागेका हुन् ।
किवियरको आर्सनलमा मेडिकल भईसकेको समेत बताईएको छ ।
उनले आर्सनलसँग २०२८ सम्मको सम्झौता गर्ने बताईएको छ ।
२२ वर्षीय डिफेन्डरले पोल्याण्डका लागि ९ खेल खेलिसकेका छन् ।
कतार विश्वकपमा उनले ४ खेल खेलेका थिए ।
आर्सनलले यस अघि बेल्जियमका फरवार्ड लियान्द्रो ट्रासोर्डलाई अनुबन्ध गरिसकेको छ ।
उपाधि होडमा रहेको आर्सनलले प्रिमियर लिग प्रतिद्वन्दी ब्राइटनबाट ट्रासोर्डलाई अनुबन्ध गरेको हो ।
डिफेन्डर किवियर अनुबन्ध गर्दै आर्सनल









-1763457989968.jpeg&w=3840&q=75)


-1763450218248.jpg&w=3840&q=75)

